कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट वडा अध्यक्षको निधन भएको छ। धनुषाधाम नगरपालिका–६ का ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।
अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको लगिएको थियो।
गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको अस्पतालक मेडिकल सुपरीडेन्ट नागेन्द्र यादवले जानकारी दिए।
मोत्तानलाई अन्य कुनै किसिमको रोग नभएको पारिवारले जनाएको छ।
मोक्तान वडा नम्बर ६ बाट तत्कालिन एमालेबाट निर्वाचित भएका थिए। यो संगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
मंसिर ४, २०७७ बिहीबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।