सीमामा नेपालीको हत्या

सीमामा नेपालीको हत्या

धनगढी : कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधुवा नेशनलपार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ। 
 

कञ्चनपुरको पुनर्वास नगरपालिका–७ उदरीका ३५ वर्षीय शिवलाल रानाको बिहिबार हत्या भएको हो। 

बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन । 

घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मी घटनास्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।
 

मंसिर ४, २०७७ बिहीबार १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।