सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

फाइल तस्बिर
होबर्टले विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सम्झौता रकम भने खुलाइएको छैन।
सन्दीपले लगातार तेस्रो पटक बिबिएल खेल्न लागेका हुन्। यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बिबिएल खेलेका थिए।
उनले दुवै सिजनमा गरि बिबिएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
बिबिएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। अष्ट्रेलियामा आफूले सधैं माया र सम्मान पाएको उनको भनाइ छ।
मंसिर ४, २०७७ बिहीबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।