स्काउटको बाग्मती तदर्थ समिति सदस्य प्याकुरेलको राजीनामा

सहायक राष्ट्रिय प्रशिक्षकसमेत रहेका प्याकुरेलले स्काउटमा राजनीति बढेको भन्दै राजीनामा दिएको बताएका हुन्। उनले राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीको पछिल्लो गतिविधि र विवादास्पद अभिव्यक्तिका कारण नैतिकताको आधारमा राजीनामा दिएको प्रतिक्रिया दिएका छन्।
सञ्चारमाध्यममार्फत राष्ट्रिय तदर्थ समितिका संयोजकले ‘स्काउटमा राजनीतिक आस्था नभउकाहरू विरलै रहेको’ भन्ने गैरजजिम्मेवार अभिव्यक्ति दिएपछि आफूले राजीनामा दिएको बताएका छन्।
उनले कार्तिक ६ गते नेपाल स्काउटको अधिकारिक फेसबुक पेजबाट आफू बाग्मती प्रदेशको तदर्थ समिति सदस्यमा मनोनित भएको जानकारी पाएको बताए।
नेपाल स्काउट राजनीतिक भर्ती केन्द्र बनेको भन्दै देशभरका स्काउटहरूले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका छन्।
उनीहरूले राष्ट्रिय तदर्थ समिति संयोजक भण्डारीले पछिल्लो समय तदर्थ समिति गठनको नाममा राजनीतिक कार्यकर्तालाई भर्ती गरेको आरोप लगाउँदै आएका छन्। स्काउटको सदस्य हुन राजनीतिक दलसँग आवद्ध नभएको व्यक्ति हुनु पर्छ।
मंसिर ३, २०७७ बुधबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।