२२९ वर्षपछि रोकियो ऐतिहासिक डौंठेगडा दसैं 

२२९ वर्षपछि रोकियो ऐतिहासिक डौंठेगडा दसैं 
डौंठेगडा मेलाका फाइल तस्विरहरु : शिवराज खत्री।

बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो। 

गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले कोरोना महामारीका कारण यसवर्ष दसैं मेला स्थगित गरिएको जानकारी दिए।

डौंठेगडा दसैंमेला वि.स. १९४९ साल देखि निरन्तर रूपमा मनाईदैं आएको थियो। 

डौंठेगडामा सयौं राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ।

यस्तो छ इतिहास

आफ्नो मनोकांक्षा पुराहोस् भनेर बर्दादेबी मातालाई राँगा बोकाको भाकल गरिन्छ।

मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ। 

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहास छ। 

तत्कालिन समयमा गाउँका मुखियाको टाउको काट्नु भन्ने आदेश राजाबाट हुन्थ्यो।

त्यसै बखतमा राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिन्थ्यो।

सोही क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनि प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मित रहेका थिए भन्ने भनाई छ।

जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए।

काट्न आएका खड्काका मित प्रहरीले उनलाई  भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल नदी तरेको भन्ने किम्वदन्ती छ।

मुखियाको टाउको काटेर कलेजो ल्याएर राजालाई बुझाउनु पर्ने आदेश रहेको बुझिन्छ।

पौडी खेल्न नसक्ने खड्काले आफू नदी तरेर पारी जना सकेपछि डौंगेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए।

सहजै नदी पार गरेपछि गाउँमा फर्किएर तिनै खड्काले डौठेगडामा छौडाउँदै राँगाको बली दिएर दसैं मेलाको सुरुवात गरेको भनाई छ। 

त्यो बेलादेखि नै यहाँ दसैँ मेला लाग्ने गर्दछ। आफ्नो मनोकांक्षा पुराभए दौडाउँदै राँगाको बली दिने भाकल गरिन्छ।
मनोकांश पुराभए राँगालाई दौडाएर बली चढाउने परम्परा छ।

यहाँ अछामवाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौंको उपस्थित हुन्छन्।
 

मंसिर ३, २०७७ बुधबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।