बंगलादेशसँग नेपालको बराबरी

बंगलादेशको राजधानी ढाकास्थित बगबन्धु रंगशालामा गत शुक्रबार घरेलु टोलीसँग मैत्रीपूर्ण फुटबलमा प्रतिष्पर्धा गर्दै नेपाली टोली। फाइल तस्बिर : दिएन्फा डट कम।
काठमाडौं : नेपालले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज (मंगलबार) नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको हो। दुवै टोलीले गोलपोस्टमा प्रहार गरे पनि गोल हुन सकेन।
यसअघि गत शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग ०-२ ले पराजित भएको थियो।
मंसिर २, २०७७ मंगलबार १९:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।