नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज

नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज
बंगलादेशको राजधानी ढाकास्थित बगबन्धु रंगशालामा गत शुक्रबार घरेलु टोलीसँग मैत्रीपूर्ण फुटबलमा प्रतिष्पर्धा गर्दै नेपाली टोली। तस्बिर : दिएन्फा डट कम।   

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज (मंगलबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। 
 

दुई दिने मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गएको नेपाली टोलीले राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ।

नेपाल पहिलो खेलको नतिजा उल्टाउने दाउमा रहनेछ। गत शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ ० ले पराजित भएको थियो। यता बंगलादेश भने अघिल्लो खेलको नतिजा दोहोर्याउने लक्ष्यासँग मैदान उत्रिनेछ। 

मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय नेपाली टोली बंगलादेश गएको छ। 

 

मंसिर २, २०७७ मंगलबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।