विज्ञापनको ताकत !

विज्ञापनको ताकत !

कात्तिक २६ गते नबिल बैकको फेसबुकबाट प्रसारित ‘शुभ तिहार’ विज्ञापनमा दिदीभाइको सम्बन्ध र तिहारको महत्त्वलाई केन्द्रमा राख्दै महामारीमा डिजिटल्ली सेलिब्रेट गर्न जनमानसलाई अपिल गरिएको छ। इ-बैंकिङलाई प्रमोट गर्ने मुख्य प्रयोजन रहेको भिडियो दसैंमा नविल बैकले बनाएको ‘ह्प्यापी दसैं’को सिक्योल हो। दसैंमा प्रसारित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

दसैंमा प्रसारित विज्ञापनले परिवारको मुख्य सदस्य कोरोना संक्रमणबाट निको भएपछि दसैं मनाएको सन्देश प्रसारण गराएको थियो। उक्त विज्ञापनको उद्देश्य डेबिट कार्डको प्रयोग गरि अनलाइन सपिङ गर्न र इ-बैंकिङमार्फत कारोबार गर्न प्रेरित गराउनु थियो। 

दसैं र तिहार जस्ता नेपालीका सर्वमान्य चाडको महत्त्व र मौलिकतालाई दर्शाउँदै निर्माण गरिएका बैंकका विज्ञापन जनमानसमा रुचाइएको पाइन्छ। दसैं र तिहारमा सार्वजनिक गरिएका भिडियोमा कोरोना महामारीबाट उत्पन्न मानवीय, सामाजिक संवेदनाको मिश्रण पाइन्छ। साथै परिवारका सदस्यहरु कोरोना संक्रमित भएको अवस्थामा कसरी तिनको ख्याल गर्ने र तिनलाई व्यवहार गर्ने भन्ने जस्ता मर्मस्पर्शी भावना समेटिएका छन्।

तीन–तीन मिनेटका दुवै भिडियोको खारिएको निर्देशकीय कौशलको उत्पादन हो भन्न सकिन्छ। अर्को आइरिस प्रोडक्सन हाउसको ब्यानरमा थोरै कलाकारहरुको प्रस्तुतिमा तयार भएका भिडियोमा सन्तोष पौडेलले निर्देशन गरेका हुन्।

नबिल बैंकका प्रचारप्रसार तथा मिडिया व्यवस्थापक समन लामा महामारीको समयमा सामाजिक सन्देश दिनु उपयुक्त भएका कारण सामाजिक सन्देशमा व्यावसायिकता मिसाएको बताउँछिन्। 

‘महामारीको बेलामा सबै सुरक्षित रहन जरुरी छ। त्यसको लागि जनचेतनाले ठूलो काम गर्छ भनेर नै नबिलले यी विज्ञापन निर्माण गरेको हो,’ उनले भनिन्।  

डिजिटल्ली सवल बन्दै गइरहेको नबिल बैंक सामाजिक चेतनामा विकास डिजिटल बाटोको प्रयोग गरेको बताउँछिन्।

 

कात्तिक २८, २०७७ शुक्रबार २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।