मैत्रीपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं : बंगलादेशमा आज (शुक्रबार) भएको पहिलो मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बंगलादेशसँग ०-२ ले पराजित भएको छ।
ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलको पहिलो हापको सुरुवातमै बंगलादेशले अग्रता लियो। उसका लागि मोहम्मद नेमिज नेवाजले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोलका प्रयास भए पनि सफल भएन।
खेलको दोस्रो हापमा बंगलादेशले अर्काे गोल थप्दै २-० को जित दर्ता गर्याे। खेलमा नेपाल तुलनात्मक रुपमा कमजोर देखिएको थियो।
नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गएको हो। दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ।
कात्तिक २८, २०७७ शुक्रबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।