पहिलो हापमा नेपाल बंगलादेशसँग ०-१ ले पछि

काठमाडौं : बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल घरेलु टोलीसँग ०-१ ले पछि परेको छ।
ढाकास्थित बंगबन्धु रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको पहिलो हापमा घरेलु टोलीका मोहम्मद नेमिज नेवाजले गोल गरे।
त्यसपछि दुवै टोलीबाट गोलका प्रयास भए पनि सफल हुन सकेन।
नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गएको हो। दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ।
कात्तिक २८, २०७७ शुक्रबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।