नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल सुरु 

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल सुरु 
फाइल तस्बिर।

काठमाडौं : नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल सुरु भएको छ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे सुरु भएको हो। 
 

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको १३ मिनेट सकिँदा बंगलादेशले १-० को अग्रता लिएको छ। 

नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गएको हो। दोस्रो मैत्रीपूर्ण खेल आगामी मंगलबार हुनेछ।  

कात्तिक २८, २०७७ शुक्रबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।