सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो 

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो 

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (शुक्रबार) सुन प्रतितोला ९५ हजार २०० निर्धारण गरिएको छ। हिजो यसको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम थियो। 

यस्तै, तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय बढेर ९४ हजार ७०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य एक हजार २२० रुपैयाँमा स्थिर छ। 

कात्तिक २८, २०७७ शुक्रबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।