नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल आज

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग आज (शुक्रबार) मैत्रीपूर्ण खेल खेल्दैछ।
दुई दिने मैत्रीपूर्ण खेल खेल्न बंगलादेश गएको नेपाली टोलीले आज राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल नेपाली अनुसार अपरान्ह ४ः४५ बजे सुरु हुनेछ।
मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय नेपाली टोली बंगलादेश गएको छ।
नेपाली खेलाडी
अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरन चेम्जोङ, नवयुग श्रेष्ठ, पूजन उपरकोटी, रञ्जित धिमाल, रवि पाशवान, सरोज दाहाल, सेशेहाङ अन्जदाङ्जे, सुवाश गुरुङ, सुजल श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र टिसिरिङ गुरुङ।
कात्तिक २८, २०७७ शुक्रबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।