बाँकेमा दुर्घटनामा दुई युवाको मृत्युु

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ३ का २२ वर्षीय आशिष थारु र १९ वर्षीय दिपेश थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ। मृतक नाताले एकै परिवारका दाजु भाइ हुन।
प्रहरीका अनुसार दुर्घटनाका गम्भीर घाइते उनीहरुलाई उपचारका लागि कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दूर्घटनामा परेको प्रहरीले जनाएको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै बुधबार राति साढे १० बजेतिर विग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दूर्घटना भएको थियो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्वरको मोटरसाइकल रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्दिा उक्त दूर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी अधिकारीका अनुसार मोटरसाईकल दाजु आषिशले चलाएका थिए। मृतकको सनाखत बिहीबार मात्रै भएको प्रहरीले बताएको छ।
कात्तिक २७, २०७७ बिहीबार १६:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।