तस्करीका सामान घरबाटै बरामद

विराटनगर : भारतबाट तस्करी गरेर ल्याएका सामान घरमा भण्डारण गर्ने र उपयुक्त समयमा सम्बन्धित ठाउँमा पु¥याउने काम गर्दै आएका विराटनगर– १६ दरैयाका एक व्यक्तिको घरबाट ठूलो परिमाणमा लत्ताकपडा, कस्मेटिकलगायतका सामाग्रीहरू बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले स्थानिय राहुल रायको घरमा छापा मारी लुकाइ राखेको अवस्थामा तस्करी गरेर ल्याइएका लत्ता कपडा, कस्मेटिकलगायतका सामान बरामद गरेको हो।
रायले भारतबाट तस्करी गरि ल्याएका सामानहरू घरमा लुकाइराखेको सूचनाका आधारमा पुगेको प्रहरीले १ लाख ६७ हजार ३ सय रुपैयाँ मूल्य बराबरको सामान बरामद भएको छ।
यस्तै विराटनगर–९ स्थित सडक किनाराबाट वेवारीसे अवस्थामा राखिएको १ लाख ४३ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा र किरानाका सामानहरू पनि प्रहरीको टोलिले बरामद गरेको जिल्ला प्रहरी कर्याालय मोरङका प्रबक्ता मानबहादुर राईले जानकारी दिए।
कात्तिक २६, २०७७ बुधबार १६:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।