मेल्लेख गाउँपालिकाद्वारा आफ्नै नगर बस संचालन

अछाम : अछामको मेल्लेख गाउँपालिकाले आफ्नै नगर बस सेवा संचालन गरेको छ। गाउँपालिकाले जिल्लामै पहिलो पटक बुधबारबाट नगर बस सेवा संचालन गरेको हो।
गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले बस सेवा सुभारम्भ गरे। गाउँपालिकाले दुई वटा बसबाट मेल्लेख देखि व्यपारिक केन्द्र साफेबगर- सदरमुकाम मंगलसेन रुटमा सेवा दिने जनाएको छ।
हाल व्यक्तिगत जिपबाट यात्रा गरिरहेका यात्रुलाई गाउँपालिकाले नै नगर बस संचालन गरेपछि यात्रामा सहजता हुने स्थानीयले विश्वास लिएका छन्। एक बस ३० सिट क्षमताको छ।
कात्तिक २६, २०७७ बुधबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।