कोरोना उपचारका लागि ५ सय शैय्या थप्दैछौं : मन्त्री घिमिरे

विराटनगर :: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ सय शैय्या थप गर्ने तयारी गरेको बताएका छन्।
प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका शैय्या थप गर्ने सरकारले तयारी गरेको घिमिरेले बताए।
प्रदेश स्तरिय स्वास्थ्य कार्यालयहरुको वर्षिक स्वास्थ्य समीक्षा तथा योजना तर्जुमा गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले समुदायमा संक्रमण फैलिएसँगै थप शैय्या आबश्यक भएको बताए।‘
संक्रमितको संख्या थपएसँगै धेरै विरामीलाई अक्सिजन, आईसियु र भेन्टिलेटरको आबश्यकता देखिएको छ’ उनले भने,‘परिस्थितिको माग अनुसार प्रदेश भरी ५ सय वेड विस्तार गर्ने तयारी गरिएको छ।’
कोरोना संक्रमण एकनास नभएकाले संक्रमणको अवस्था अनुसार योजना बनाउन स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई उनले निर्देशन पनि दिए।
तेहथुमको आठराई र विराटनगरमा संक्रमणको अवस्था फरक भएकाले स्थान विशेष अनुसार योजना बनाउन आबश्यक रहेको घिमिरेले बताए।
उनले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले भनेजस्तो भन्दा पनि स्थानीय स्तरको आबश्यकता अनुसारको कार्यक्रम सञ्चालन गर्न आबश्यक रहेको उनको भनाई छ।
कात्तिक २५, २०७७ मंगलबार २१:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।