एकैदिन तोलामा ३४०० रूपैयाँ घट्यो सुनको मूल्य 

एकैदिन तोलामा ३४०० रूपैयाँ घट्यो सुनको मूल्य 

काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला ३ हजार ४०० रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ तोकिएको छ। सोमबार यसको मूल्य ९८ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रूपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार २१५ रूपैयाँमा कारोबार भइरहेको छ। हिजो यसको मूल्य एक हजार २८५ रूपैयाँ तोकिएको थियो। 

कात्तिक २५, २०७७ मंगलबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।