भीम अस्पतालमा दुई संक्रमितको मृत्यु

भैरहवा : रुपन्देहीको भीम अस्पतालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४७ वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए।
उनका अनुसार कात्तिक १७ गते कोरोना पुष्टि भई १८ गते अस्पताल भर्ना भएकी महिलाको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो। त्यस्तै कात्तिक १३ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल ल्याइएका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको पोख्रेलले जानकारी दिए।
कात्तिक २५, २०७७ मंगलबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।