प्रदेश १  मा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु 

प्रदेश १  मा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु 

विराटनगर : प्रदेश १ का विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ।

विराटनगरका विभिन्न कोभिड अस्पतालमा चार जना र सुनसरीको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जनाको सोमबार मृत्यु भएको हो। 

मृत्यु हुनेमा  मोरङको रतुवामाई नगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको छ। उनको सोमबार बिहान ६ः४५ बजेतिर मृत्यु भएको हो।

विराटनगरकै नोबेल शिक्षण अस्पतालमा इलाम मंगलबारेका ६५ वर्षीय पुरुष र सुनसरी इनरुवाका ७२ वर्षीय पुरुषका सोमबार विहान   मृत्यु भएको छ।

त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार विहान मृत्यु भएको छ। मृत्यु भएकाहरुमा श्वासप्रश्वास, ज्वरो, निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालहरुले जनाएका छन्।

यस्तै कोरोना संक्रमणबाट धरान–१४ विजयपुरकी ६७ वर्षीया महिला र मोरङको पथरी बस्ने ६५ वर्षीय पुरुषको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। 

कात्तिक २४, २०७७ सोमबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।