सुनसरीमा मंसिर ६ सम्म निषेधाज्ञा 

सुनसरीमा मंसिर ६ सम्म निषेधाज्ञा 

विराटनगर : जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेको छ। 

चाडपर्वमा कोरोना संक्रमण फैलिने जोखिमलाई ध्यानमा राख्दै सुनसरी प्रशासनले सोमबारदेखि लागु हुनेगरि मंसिर ६ गतेसम्म निषेधाज्ञाको आदेश  जारी गरेको हो।

निशेधाज्ञा जारी भएकाले तिहारमा देउसी, भैलो खेल्न र तिहार लगत्तै आउने छठ पर्वमा पोखरी, नदि किनारामा छठ पुजाका लागि भेला हुन र भीडभाड गर्न नपाईने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। 

 

कात्तिक २३, २०७७ आइतबार १६:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।