स्कुटर सिक्ने क्रममा सह–प्राध्यापकको ज्यान गयो

काठमाडौं : स्कुटर सिक्ने क्रममा ठोक्किएर बुटवमा एक सह–प्राध्यापकको ज्यान गएको छ।
स्कुटर चलाउन सिक्दै गर्दा घरकै कम्पाउण्डमा ठोक्किएर घाइते भएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचार क्रममा निधन भएको हो।
तिलोत्तमा–१ का ५४ वर्षीय डाक्टर पौडेलको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ।
पौडेल एक महिनाअघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाएका थिए।
कात्तिक २३, २०७७ आइतबार १६:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।