रोल्पाका कोरोना संक्रमितको बाँकेमा मृत्यु

भैरहवा : रोल्पाका एकजना कोरोना भाइरस संक्रमितको बाँकेमा मृत्यु भएको छ।
लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १६ गते राति भेरी अस्पतालमा थप उपचारका लागि भर्ना भएका थिए। भेरीमा उपचारकै क्रममा गएराति १२ः१० मा उनको मृत्यु भएको श्रेष्ठले बताए।
ती पुरुषमा एक महिनादेखि जन्डिसको पनि समस्या थियो।
स्वास्थ्य कार्यालयकाअनुसार योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कात्तिक २३, २०७७ आइतबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।