एउटै खेलमा ६ ‘कप्तान’ खेलेपछि...

एउटै खेलमा ६ ‘कप्तान’ खेलेपछि...
रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीको विकेट लिएपछि खुसी मनाउँदै सनराइजर्स हैदरवादका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार सम्पन्न इलिमिनेटरमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिष्पर्धा भएको थियो।

उक्त खेलमा हैदरावादका कप्तान डेभिड वार्नर रहँदा बैंग्लोरको टोलीको नेतृत्व विराट कोहलीले सम्हालेका थिए। 

तर, उक्त खेलमा यी दुई जना मात्रै कप्तान थिएनन्, अन्य चार ‘कप्तान’ पनि थिए। ती हुन्, बैंग्लोरका आरोन फिन्च र हैदरावादका केन विलियम्सन, जेसन होल्डर तथा रासिद खान। तर, उनीहरू फ्रेन्चाइजी टोलीका नभएर आ-आफ्नो देशको क्रिकेट टोलीका कप्तान हुन्। 

विकिपिडियाका अनुसार फिन्च अस्ट्रेलियको वन डे र टी २० क्रिकेट टोलीका कप्तान हुन्। विलियम्सनले भने न्युजिल्याण्डको वन डे र टि २० क्रिकेट टोलीको नेतृत्व सम्हाल्छन्। यस्तै, होल्डर वेस्ट इण्डिजको टेस्ट क्रिकेट टोलीको कप्तानी गर्छन् भने खान अफगानिस्थानको टेस्ट क्रिकेट टोलीको ‘कमान’ सम्हाल्छन्। 

बैंग्लोरका कप्तान कोहली भारतीय क्रिकेट टोलीका कप्तान हुन्। उनी भारतको तीन वटै क्रिकेट फम्र्याटको नेतृत्व गर्छन्। 

उक्त खेल हैदरावादले ६ विकेटले जितेको थियो। 
 

कात्तिक २२, २०७७ शनिबार ०३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।