प्रदेश १ मा ३१५ संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा आज (शुक्रबार) तीन सय १५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।
तीमध्ये मोरङमा एक सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा तथा भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुंगा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ८९, सुनसरीको धरानमा ४९, इटहरीमा २१, झापाको दमकमा २८ तथा विर्तामोडमा २१ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेशमा कोरोना संक्रमितको संख्या २१ हजार एक सय १७ पुगेको छ।
प्रदेशमा शुक्रबार तीन सय ५० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट तीन सय ४३, विराट मेडिकल कलेजबाट ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ। प्रदेशमा शुुक्रबार एक हजार एक सय ९७ जनाको पिसिआर परीक्षण गरिएको छ। हालसम्म एक लाख ६७ हजार तीन सयको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
कात्तिक २१, २०७७ शुक्रबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।