मन्त्री शाहलाई थप उपचार लागि काठमाडौं लगियो

धनगढी : कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री तथा प्रवक्ता प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
शाहका स्वकीय सचिव जंग विकका अनुसार उनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको हो।
गत साता मन्त्री शाहलाई कोरोना देखिएको थियो ।
बिहीबार बिहान मन्त्री शाहको नाकबाट रगत आउने समस्या देखिएपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनलाई ज्वरो समेत आइरहेको बुझिएको छ।
मन्त्री शाहकी श्रीमती लक्ष्मी भट्टलाई पनि कोरोना देखिएको छ। उनको अवस्था सामान्य छ।
कात्तिक २१, २०७७ शुक्रबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।