कोरोना संक्रमित वडाअध्यक्षको निधन

गौरीगंगा नगरपालिकाका-३ का वडाअध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ७३ वर्षीय नरेन्द्रबहादुर शाहको शुक्रबार (आज) बिहान उपचारका क्रममा निधन भएको हो ।
उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनी विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारत रहेको मेयर भीम देउवाले जानकारी दिए।
मेयर देउवाका अनुसार उनमा स्वासप्रश्वासको समस्या देखिएको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई केही दिनअघि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
कात्तिक २१, २०७७ शुक्रबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।