प्रदेश १ मा २४ घण्टामा कोरोना संक्रमित ८ जनाको मृत्यु 

प्रदेश १ मा २४ घण्टामा कोरोना संक्रमित ८ जनाको मृत्यु 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३, विराटनगरस्थित नोबेलमा २, न्युरो अस्पतालमा १, विराटनगरस्थित म्याक्स अस्पतालमा १ र होम आइसोलेसनमा बसेका १ जनाको मृत्यु भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेमा सप्तरीको राजविराज–१ की २३ वर्षीय युवती, राजविराज–८ का ६५ वर्षीय पुरुष र  मोरङका ५९ वर्षीय पुरुष छन्। यस्तै, विराटनगरस्थित नोबेलमा सिरहा, विष्णुपुर–१ का ८४ वर्षीय पुरुष, सुनसरी, इटहरी–१५ का ५५ वर्षीय पुरुष, न्युरोमा सुनसरी, इटहरी–४ का ७१ वर्षीय पुरुष, म्याक्स अस्पतालमा मोरङ जहदा–३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्।

यसैगरी, होम आइसोलेसनमा बसेका विराटनगर–८ का ७० वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका नगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए।

५९५ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेशमा पाँच सय ९५ जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ९५ पुगेको छ।

होमआइसोलेसनमा पाँच सय ६३, बेलबारी आइसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल, संखुवासभामा चार, विराट मेडिकल कलेज, बैजनाथपुर आइसोलेसन, वि जेनरल अस्पताल, हरिनगर र धाइजन आइसोलेसन केन्द्र र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दुई–दुई जना डिस्चार्ज भएका हुन्। 

४०१ संक्रमित

प्रदेशमा बिहीबार चार सय एक जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये मोरङमा एक सय ३४, झापामा एक सय १८, सुनसरीमा एक सय दुइृ, उदयपुरमा १५, धनकुटामा ११, इलाममा तीन, संखुवासभामा दुई, तेह्रथुममा एक र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार आठ सय दुई पुगेको छ।

प्रदेशमा बिहीबार एक हजार चार सय ६३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म एक लाख ६६ हजार एक सय तीन जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  

कात्तिक २०, २०७७ बिहीबार २०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।