नेपालको जेठो व्यापार संघमा पहिलो पटक महिला सदस्य नियुक्त

नेपालको जेठो व्यापार संघमा  पहिलो पटक महिला सदस्य नियुक्त
फोटो क्याप्सनः जैनलाई कार्यसमितिमा मनोनयन गरेको पत्र प्रदान गर्दै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडा।

व्यापार संघ स्थापनाका ६९ वर्ष पछि  पहिलो पटक वर्धमान इन्ड्रष्ट्रिज विराटनगरकी सञ्चालिका वन्दना जैन मनोनित भएकी हुन्।

जैनलाई संघको नियमावली अनुसार कार्य समितिमा मनोनित गरिएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले जानकारी दिए।

उद्यामशिलता क्षेत्रमा महिलाको सक्षमताको कदर हुनुपर्ने मान्यता र महिला उद्यामीलाईसमेत यथोचित स्थान दिइ प्रोत्साहित गर्नु पर्ने मुण्दडाको धारणा छ।

मोरङ व्यापार संघको ३२ औ कार्यसमितिमा महिला सदस्यको मनोनयन गरिएको हो। मोरङ व्यापार संघ २००८ सालमा स्थापना भएको हो।


 

 

कात्तिक २०, २०७७ बिहीबार १४:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।