कोरोनाबाट प्रदेश १ मा २४ घण्टामा ५ को मृत्यु 

कोरोनाबाट प्रदेश १ मा २४ घण्टामा ५ को मृत्यु 


विराटनगर :  बुधबार प्रदेश १ मा पछिल्लो २४ घण्टामा  ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मेची प्रादेशिक अस्पतालमा १, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ र विराटनगर स्थित नोवेल अस्पतालमा २ जनाको मृत्यु भएको हो।

मेची प्रादेशिक अस्पतालमा मृत्यु हुनेमा मेचीनगर १४का ७४ वर्षिय पुरुष छन्। उनको बुधबार विहान मृत्यु भएको हो। यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी उपमहानगरपालिका–६ की ९ वर्षिय बालिका र धरान १ की ६१ बर्षिय महिलाको मृत्यु भएको छ। 

यस्तै विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा इलाम चुलाचुली–६ की ८४ बर्षिय महिला, झापा दमक–३ स्थित भुटानी शरणर्थी शिविरका ६४ बर्षिय पुरुष रहेको अस्पतालहरूले जनाएका छन्। 
 

कात्तिक १९, २०७७ बुधबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।