मुम्बईलाई हराउँदै हैदरावाद प्लेअफमा 

मुम्बईलाई हराउँदै हैदरावाद प्लेअफमा 
मुम्बई इण्डियन्सविरुद्ध जितपछि खुसी मनाउँदै सनराइजर्स हैदरावादका डेभिड वार्नर र रिद्धिमान साहा (दायाँ)। र, मैदानबाट फर्कदै मुम्बईका रोहित शर्मा र राहुल चहर। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत जारी सिजनको लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई हराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको छ। यससँगै प्लेअफ पुग्ने चार वटै टोलीको टुंगो लागेको छ। 
 

यसअघि मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंग्लोर प्लेअफ पुगिसकेका छन्।  

संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा आज (मंगलबार) अबेर राति सम्पन्न खेलमा हैदरावादले मुम्बईलाई १० विकेटले पराजित गर्याे। 

१५० रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले खेलको १८ औं ओभरमा २ विकेट गुमाएर जित हासिल गर्याे। जितसँगै हैदरावाद १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफका लागि छानिएको हो। 

हैदरावादको जितपछि तेस्रो स्थानबाट चौथोमा झरेको बैंग्लोर यसअघि नै प्लेअफ पुगिसकेको छ। बैंग्लोरको पनि समान अंक छ। 

यी दुवै टोलीसँग समान अंक भएको कोलकाता नाइट राइडर्स भने रनरेटका आधारमा पछि परेको छ। ऊ अंकतालिकाको पाँचौं स्थानमा छ।

कात्तिक १८, २०७७ मंगलबार २३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।