मुम्बई र हैदरावाद भिड्दै, प्लेअफको चौथो टोलीको टुंगो लाग्ने

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत जारी सिजनको लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै छन्।
संयुक्त अरब इमिरेट्स (युएई)को सारजहाँमा केही बेरमा सुरु हुन लागेको खेलमा मुम्बईले टस हारेर ब्याटिङको निम्तो पाएको छ।
यो खेलबाट जारी सिजनको प्लेअफ खेल्ने चौथो टोलीको टुंगो लाग्नेछ। उक्त खेल मुम्बईले जिते कोलकाता नाइट राइडर्स प्लेअफ पुग्नेछ। हैदरावादले खेल जिते ऊ नै प्लेअफमा पुग्नेछ।
आइपिएलको प्लेअफमा मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंग्लोर पुगिसकेका छन्। मुम्बई शीर्ष स्थानमा रहँदा दिल्ली दोस्रो स्थानमा छ।
कात्तिक १८, २०७७ मंगलबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।