पत्नी हत्या अभियोगमा पक्राउ 

पत्नी हत्या अभियोगमा पक्राउ 
सांकेतिक तस्बिर।

सुनसरी : पत्नीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा सुनसरीमा एक जना पक्राउ परेका छन्। 

प्रहरीका अनुसार ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरि हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

कुटपिटबाट गम्भीर घाइते महिलालाई उपचारका लागि धरान घोपा अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १८, २०७७ मंगलबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।