प्रदेश १ मा २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु 

प्रदेश १ मा २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु 

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ७ जनाको मृत्यु भएको छ।  

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा ३, न्युरो अस्पतालमा २ र कोशी कोभिड–१९ अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा १ १ जनाको मृत्यु भएको हो। 

मोरङको बुाढीगंगास्थित विराट शिक्षण अस्पतालमा सिरहा, सुखीपुरका ७४ वर्षीय पुरुष, सुनसरी, इटहरी–३ का ४८ वर्षीय पुरुष र धरान–१६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको छ। 

यस्तै, विराटनगरको न्यूरो अस्पतालमा विराटनगर–११ का ४९ वर्षीय पुरुष र धरान–१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो। यसैगरी, विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उदयपुर, चौदण्डिगढीका ४८ वर्षीय पुरुष र बीपी प्रतिष्ठानमा मोरङ, केरावारीका पुरुषको मृत्यु भएको अस्पतालहरूले जनाएका छन्। 

कात्तिक १८, २०७७ मंगलबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।