हट्यो स्थानीय तहमा सचिवकोे दरबन्दी

काठमाडौं : सरकारको एउटा निर्णयसँगै देशभरका स्थानीय तहहरुमा सचिवको दरन्दी नरहने भएको छ। सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव कायम गर्ने निर्णय गरेसँगै स्थानीय तहमा रहेको सचिवको दरबन्दी हटेको हो।
यसअघि देशभरका ७५३ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामामात्र सचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाउने गरीएको थियो।
विहिबारको मन्त्रिपरिषद् बैठकले महानगरमा राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) को दरबन्दी काटेर राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) लाई प्रमुख प्रशासकीय अधिकृत कायम गर्ने प्रस्ताव पारित गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव बसन्त अधिकारीे मन्त्रिपरिषद् निर्णय गरेको जानकारीमा आएका जानकारी दिदै सहसचिवलाई पठाउने प्रकृया सुरु भएको बताउँछन्।
‘महानगरपालिकाबाट कार्यप्रकृती र कार्यबोझका आधारमा सहसचिवसँग समन्वय गर्न सहज हुने भन्दै आग्रह आएपछि मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद् लगेको थियो।’
यससँगै काठमाडौं महानगरपालिकामा प्रशासकीय अधिकृत रहेका सचिव एकनारायण अर्याल स्थानीय तहमा जिम्मेवारी सम्हाल्ने अन्तिम सचिव बन्न पुगेका छन्।
अर्यालको सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएको छ। महानगरमा सचिव पछिको वरियतामा रहेका सहसचिव राजेश्वर ज्ञवालीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउँने सम्भावना छ।
देशभर रहेका ६ महानगर मध्ये ५ वटा नगरपालिकामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ। काठमाडौ महानगरपालिकामामात्र सचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो।
स्थानीय तहहरुमा संघीय सरकारले गाँउपालिकामा राजपत्रांकित द्धितिय श्रेणी (शाखा अधिकृत) तहका कर्मचारी र नगरपालिका तथा उप–महानगरपालिकामा राजपत्रांकित द्धितिय श्रेणी (उप सचिव) स्तरका कर्मचारीलाई प्रशासकीय अधिकृतको रुपमा पठाउने गरेको छ।
कात्तिक १८, २०७७ मंगलबार १७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।