ट्राफिक नियन्त्रण तालिम

काठमाडौं : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले ट्राफिक नियन्त्रण तालिम संचालन गरेको छ।
प्रतिष्ठानले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा १३७ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु गरेको हो।
तालिमको महाशाखामा आयोजित कार्यक्रमबीच प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले उउद्घाटन गरे।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए।
चन्दले ४५ कार्य दिनको तालिममा ४ प्रहरी हवल्दार र ५१ प्रहरी जवानको सहभागिता रहेको जानकारी दिए।
कात्तिक १८, २०७७ मंगलबार १२:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।