दिल्ली र बैंग्लोर प्लेअफमा

दिल्ली र बैंग्लोर प्लेअफमा
खेल सकिएपछि हात मिलाउँदै दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंग्लोरका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंग्लोर प्लेअफमा छनोट भएका छन्। 
 

दिल्ली अंकतालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफका लागि छनोट भएको हो। जारी सिजनको लिग चरणको आफ्नो अन्तिम खेलमा बैंग्लोरलाई ६ विकेटले पराजित गरेपछि दिल्ली अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो। 

पराजित टोली बैंग्लोर रनरेटका आधारमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै प्लेअफका लागि छनोट भएको छ। अंकतालिकामा तेस्रो स्थानमा रहेको बैंग्लोर चौथो स्थानको कोलकाताभन्दा रनरेटमा अघि छ। दुवै टोलीको समान १४ अंक छ। 

यसअघि मुम्बई इण्डियन्स प्लेअफ पुगिसकेको छ। 

अब प्लेअफका लागि एक टोलीको टुंगो लाग्न बाँकी छ। भोलि हुने लिग चरणको अन्तिम खेलबाट यसको टुंगो लाग्नेछ।

जारी सिजनको लिग चरणको अन्तिम खेलमा भोलि मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। यस्तोमा मुम्बईले खेल जितेमा कोलकाता प्लेअफ पुग्नेछ। हैदरावादले जितेमा भने ऊ नै प्लेअफ पुग्नेछ। 

अंकतालिकामा १२ अंक हासिल गरेको हैदरावादको रनरेट कोलकाता राम्रो छ। 

कात्तिक १८, २०७७ मंगलबार ००:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।