आइपिएलको ‘नम्बर २’ टोलीको टुंगो आज 

आइपिएलको ‘नम्बर २’ टोलीको टुंगो आज 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)को लिग चरणमा दोस्रो हुने टोलीको टुंगो आज लाग्दैछ। 

रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटलबीच आज हुन लागेको खेलको विजेता अंकतालिकाको ‘नम्बर २’ अर्थात दोस्रो स्थानमा रहँदै प्लेअफका लागि छानिनेछ। यसअघि मुम्बई इण्डियन्स प्लेअफका लागि छनोट भइसकेको छ। 

अंकतालिकामा बैंग्लोर र दिल्लीको समान १४ अंक छ। आजको खेल जित्ने टोलीको अंकतालिकामा १६ अंक पुग्नेछ। जारी सिजनमा प्लेअफमा छनोट हुन यो पर्याप्त अंक हो।

पराजित टोलीको भने १४ अंक मात्रै हुनेछ। यस्तो अवस्थामा झिनो रन तथा विकेट अन्तरले पराजित भएमा मात्रै ऊ सोही दिन प्लेअफका लागि छानिनेछ। अन्यथा उसले मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादको नतिजामा निर्भर रहनुपर्नेछ। 

कात्तिक १७, २०७७ सोमबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।