चौरसियाको हत्यामा संलग्न व्यक्ति पक्राउ

चौरसियाको हत्यामा संलग्न व्यक्ति पक्राउ

पर्सा : पर्सामा नेपाल कम्युष्टि पार्टी (नेकपा) का कार्यकर्ता ३४ वर्षीय मुकेश चौरसियाको हत्याका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

विन्दवासिनी गाउँपालिका–५ मा कार्तिक ६ गते पार्टीको सपथग्रहण कार्यक्रममा भएको झडपमा चौरसियाको हत्या भएको थियो। 

उक्त घटनालगत्तै फरार रहेका विन्दवासिनी–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।

उनलाई वीरगंज–१६ स्थित इनर्वा गाँउमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। 

पार्टीकै दुई पक्षका कार्याकर्ताबीच भएको झडपमा घाइते भएका चौरसियाको उपचारका क्रममा कार्तिक ७ गते मृत्यु भएको थियो।

प्रहरीले घटनाको जाहेरी लिन नमानेपछि एक हप्ता पछि मात्र सरकारी वकिलमार्फत जाहेरी दर्ता भएको हो।

कात्तिक १७, २०७७ सोमबार ११:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।