टिपरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

भैरहवा : भैरहवा–लुम्बिनी सडक खण्डको मतकलवामा टिपरले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ।
सोमबार बिहान बेथरीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा मायादेवी गाउँपालिका–८, मतकलवाका सुग्रिव हरिजनका ९ वर्षीय छोरा रघुबीर हरिजनको मृत्यु भएको हो।
साथीसँग सडकछेउमा खेलिरहेका बालकलाई दु्रत गतिमा आइरहेको पिटरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकलाई ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्यत्रण लिएको जनाएको छ।
कात्तिक १७, २०७७ सोमबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।