प्रदेश १ मा ३५७ नयाँ संक्रमित

विराटनगर : प्रदेश १ मा आइतबार ३५७ जना कोरोना संक्रमित थपिएका छन्।
मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ३२ पुगेको छ। प्रदेश १ मा आइतबार २ सय ४७ जना डिस्चार्ज भएका छन्।
होमआईसोलेसनबाट १ सय ९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०,कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन।
हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षण गरिएको छ।
परीक्षण गरिएका मध्ये १ सय ३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कात्तिक १६, २०७७ आइतबार १९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।