विद्युत सर्ट भएर आगलागी

विद्युत सर्ट भएर आगलागी

महोत्तरी :  महोत्तरीको बलवा नगरपालिका ९ अध्यानपुरमा विधुत सर्ट भई आगलागी  हुँदा लाख मुल्य बराबरको धनमाल जलेर खरानी भएको छ।

आईतबार अपराह्न विधुत तार सर्ट भई आगलागि हुँदा बलवा नगरपालिका-९, अध्यानपुरका सलिम कवाडी र सोहि ठाउँ बस्ने कलाम राईको घरमा आगलागी हुन पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सलिमको फुसको घरबाट सल्केको आगो कलामको घरमा समेत छुन पुग्दा दुवै जनाको घरभित्र रहेका अन्नपात, लताकपडा र नगद सहीत करिव लाख रुपैंया बरावरको धनमाल जलेर खरानि भएको हो।

समयमै स्थानिय र प्रहरीको संयुक्त प्रयासमा आगलागि नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको डिएसपी प्रकाश विष्टले जनाएको छ । आगलागिबाट मानविय क्षती भने नभएको छैन।

कात्तिक १६, २०७७ आइतबार १९:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।