जिप दुर्घटनामा एकको मृत्यु, ८ घाइते

जिप दुर्घटनामा एकको मृत्यु,  ८  घाइते

धनगढी : कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। 
दुर्घटनामा ८  जना घाइते भएका छन्। मोहन्याल गाउपालिकाको बासपानीमा सुप प्र ०१००१ च २६२३ नम्बरको जिप दुर्घटना हुँदा महोन्याल गाउँपालिका–२ का ५० वर्षीय कविराज भण्डारीको ज्यान गएको हो। 

१६ जना यात्रु बोकेर घोडाघोडीको डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको उक्त जिप दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। 

जिप उकालो चढ्ने क्रममा टायर डुङ्गामा चढेपछि पल्टिएको प्रत्यक्षदर्शी मोहन्याल १ का वडा अध्यक्ष नवीन पुन मगरले बताए। उनका अनुसार जिप सडकबाट करिब ३० मिटर तल खसेको छ। 

प्रहरी टोली घटनास्थल पुगेर घाइतेको उद्धार भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए।

कात्तिक १६, २०७७ आइतबार १६:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।