८ लाख ८९ हजारसहित ५ जुवाडे पक्राउ

८ लाख ८९ हजारसहित ५ जुवाडे पक्राउ

 मोरङ : मोरङको केराबारीबाट प्रहरीले आठ लाख ८९ हजारसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ।

केराबारी गाउपालिका-६ का भुपेन्द्र भट्टराइको घरमा जुवा खेलीरहेको अवस्थामा गत राति ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र प्रदेश १ प्रहरी कार्यालयको संयुक्त टोलीले दुई वटा मोटरसाइकल र दुई वटा स्कुटीसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कात्तिक १६, २०७७ आइतबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।