जिप दुर्घटनामा बालकको ज्यान गयो

जिप दुर्घटनामा बालकको ज्यान गयो

बाजुरा : जिल्लाकाे बुढीगंगा नगरपालिकामा जिप दुर्घटना हुँदा १ बालकको ज्यान गएको छ।

वडा नम्बर ४ को बेलकाट्या भन्ने स्थानमा ताप्रिबाट आइरहेको से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

कात्तिक १६, २०७७ आइतबार ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।