दिल्ली र बैंग्लोर पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज भएका छुट्टाछुट्टै खेलमा दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भएका छन्।
संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आज सम्पन्न पहिलो खेलमा दिल्ली मुम्बई इण्डियन्ससँग ९ विकेटले पराजित भयो।
मुम्बईले १४.२ ओभरमै १११ रनको लक्ष्य पूरा गरेपछि दिल्लीले २ अंक हासिल गर्नबाट वञ्चित भयो। मुम्बईले १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११० रन जोेडेको थियो।
युएईको शारजहामा आजै अबेर राति सम्पन्न खेलमा अर्काे खेलमा सनराइजर्स हैदरवादसँग बैंग्लोर ५ विकेटले पराजित भएको छ।
हैदरावादले १२१ रनको लक्ष्य १४.१ ओभरमै ५ विकेट गुमाएर पूरा गरेपछि बैंग्लोर थप २ अंक जोड्न असफल भयो।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो।
हारसँगै दुवै टोली अंकतालिकामा यथावत छन्। बैंग्लोर दोस्रो स्थानमा कायम रहँदा दिल्ली तेस्रोमा यथावत रह्यो। दुवै टोलीको समान १४ अंक छ।
क्रिकइन्फो डट कम
कात्तिक १५, २०७७ शनिबार २३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।