कैलालीमा ब्राउन सुगरसहित युवक पक्राउ

काठमाडौं : कैलालीमा ब्राउन सुगरसहित युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २५.४ ग्राम ब्राउन सुगरसहित धनगढी उपमहानगरपालिका-१०, घुइँयाघाटका २५ वर्षीय रामनिवास राना पक्राउ परेका छन्।
लागुऔषधको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा रानालाई घुइँयाघाटबाट बिहीबार साँझ साढे ६ बजे पक्राउ गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीविरुद्ध लागुऔषध कारोबार र ओसारपसार मुद्दा दर्ता गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १५, २०७७ शनिबार १३:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।