कब्रिस्थानमै दाहसंस्कार गर्न दिने सहमति

कब्रिस्थानमै दाहसंस्कार गर्न दिने सहमति
फाइल तस्बिर।

काठमाडौं : धनगढीका मुस्लिम समुदायलाई कब्रिस्थान (मुस्लिम धर्मावलम्बीको शव व्यवस्थापन गर्ने स्थल)मै दाहसंस्कार गर्न दिने सहमति भएको छ। 

जिल्ला प्रशासन कार्यालय, कैलालीमा शनिबार भएको सरोकारवालाहरूको छलफलमा मुस्लिम समुदायलाई पुरानै स्थानमा दाहसंस्कार गर्न दिने सहमति भएको हो। 

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सरोकारवालाहरूको सहमतिपछि पुरानै स्थानमा दाहसंस्कार गर्न अनुमति दिएको जानकारी दिए। प्रशासनका अधिकारीहरूसँगै मुस्लिम अगुवा र स्थानीय वासिन्दा र जनप्रतिनिधिहरूबीचको सल्लाहपछि सो अनुमति दिइएको जोशीले बताए।

प्रशासनबाट अनुमति पाएसँगै दुई दिनदेखि घरमै रहेको शवको अन्तिम संस्कार हुने भएको छ। शुक्रबार बिहान मृत्यु भएका ५० वर्षीय मोहमद जमसेदको शव घरमै छ।

धनगढी उपमहानगरपालिका-१, स्थित कब्रिस्थानमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापन गरिएपछि स्थानीयले विरोध जनाउँदै तालाबन्दी गरेका थिए। 

कात्तिक १५, २०७७ शनिबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।