राजस्थानसँग पञ्जाब पराजित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई ७ विकेटले पराजित गरेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा शुक्रबार अबेर राति सम्पन्न खेलमा राजस्थानले पञ्जाबलाई हराउँदै प्रतियोगिताको छैठौं जित निकाल्यो।
१८६ रनको लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा जित हासिल गर्याे। उसका लागि बेन स्ट्रोक्सले सर्वाधिक ५० रन बनाए। यस्तै, सञ्जु सैमसनले ४८ र रविन उथप्पाले ३० रनको योगदान दिए। स्टिभ स्मिथ ३० र जोस बटलर २२ रनमा अविजित रहे।
बलिङतर्फ पञ्जाबका मोर्गन आश्विन र क्रिस जोर्डनले समान १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको थियो। उसका लागि क्रिस गेलले सर्वाधिक ९९ रन जोडेका थिए। यस्तै, केएल राहुलले ४६ र निकोलस पुरनले २२ रन जोडेका थिए।
बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र बेन स्ट्रोक्सले समान २ विकेट लिएका थिए।
राजस्थानको जितसँगै प्लेअफ दौड थप रोमाञ्चक भएको छ। प्लेअफमा मुम्बई इण्डियन्स पुगे पनि अन्य टोलीको टुंगो लाग्न सकेको छैन।
क्रिकइन्फो डट कम
कात्तिक १५, २०७७ शनिबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।