तोलामा दुई सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको भाउ प्रतितोला दुई सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) छापावाल सुनको मूल्य ९४ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो यसको मूल्य ९४ हजार ७०० रूपैयाँ कायम थियो।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने स्थिर छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक १४, २०७७ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।